उमा सुवेदीको उपन्यास परिधिको परिचर्चा पोखरामा

पोखरा। पोखरेली युवा सांस्कृतिक परिवार, पोखराको आयोजनामा आख्यानकार उमा सुवेदीको पछिल्लो उपन्यास ‘परिधि’ को परिचर्चा कार्यक्रम पोखरामा सम्पन्न भएको छ।

वरिष्ठ साहित्यकार सरुभक्त प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समिक्षकहरू साहित्यकार डा• ईश्वरमणि अधिकारी र गौरी तमूले उपन्यास परिधिमाथि आआफ्नो धारणा प्रस्तुत गर्दै उपन्यासको सबल र दुर्बल पक्षको चर्चा गरे ।

डा अधिकारीले कृतिले भ्रमपूर्ण मानसिकता, विषाद, असन्तुलन तथा अधिकांश छलछामपूर्ण मुखुण्डो लगाएका पात्रहरूले निर्माण गरेको मायावी केन्द्र र त्यसैको वरपर रहस्यपूर्ण तवरले स्वैकाल्पनिक रंगहरूमा पोतिएका कथा-उपकथाहरू क्यानभासमा जेलिंदै-फुस्किंदै र फेरि जेलिंदै एक अलग परिधि निर्माण गरेको बताउंदै बनोट, बुनोट, कथ्यहरूको प्रयोग र शैलीका हिसाबले उनको नवीन उपन्यास परिधि उनका पूर्ववर्ती उपन्यासहरूभन्दा धेरै अर्थले उत्कृष्ट भएको बताए ।

परिधिले मान्छेको मन, मस्तिष्क र चेतनाको कुरा बताउन खोजेको बताउंदै यसका पात्रहरूको भोगाइ र सोचाइ आम मान्छेहरूभन्दा बिल्कुलै फरक भएकैले पनि कृतिमा रहस्य, कौतुहल, जिज्ञासा र सम्भावनाहरू सबै जीवन्त रहेको बताए । समग्रमा कृति पढिरहँदा मज्जा लाग्ने, अरूको दुख, विषाद पढ्दा पनि झ्याउ नलाग्ने तर परिधि पढिरहेको पाठक बेलाबेला थ्रीलर अनि सस्पेन्स शैलीको दक्षीण भारतीय चलचित्र हेरे झैँ रोमान्चित हुने बताउंदै कथानक कहीं केन्द्र उन्मुख त कहीं परिधि उन्मुख भएको बताए ।

आख्यानमा दीर्घकालसम्म सम्झिने विषय खासै नरहेको बताउंदै अलिक बढ्ता विषाद र दुखी-आत्माहरूको केन्द्रीयता रहेकोमा गुनासो व्यक्त गरे । अर्की समीक्षक गौरी तमुले कृतिको नारीहरूका जीवनका विभिन्न पाटाहरूको कथालाई परिधिले सम्बोधन गरेको बताइन् ।

कार्यक्रममा आख्यानकार उमा सुवेदीले परिधिको रचना गर्भ बारे जानकारी गराउँदै पोखरामा यस्तो ऐतिहासिक संस्थाको व्यानरमा आफ्नो कृतिको परिचर्चा जस्तो महत्त्वपूर्ण कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गरिन् र आउँदा दिनहरूमा अझ जिम्मेवार भएर साहित्यसेवामा लागिपर्ने बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्तले गिरीशवल्लभ जोशीको वीरचरित्रदेखि सुरु भएको नेपाली आख्यान लेखनका विविध मोड र चरणहरूसहित मायिक यथार्थवाद तथा स्वैरकाल्पनिक लेखनका सौन्दर्य र चुनौतीमाथि चर्चा गर्दै समकालीन लेखनका आयाममाथि प्रकाश पार्नु भयो।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष साहित्यकार लक्ष्मण थापाले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव एम डि काफ्लेले गर्नु भएको थियो। कार्यक्रम संस्थाका अध्यक्ष साहित्यकार रिता अधिकारी ‘ऋतु’ को अध्यक्षतामा सम्पन्न भएको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।