मोरङको मिक्लाजुङमा दर्जनौँ युवा एमालेमा प्रवेश

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–४ मा विभिन्न राजनीतिक दल परित्याग गर्दै दर्जनौँ युवा तथा स्थानीय नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

एमाले मोरङ–१ का प्रतिनिधिसभा उम्मेदवार घनश्याम खतिवडा, कोशी प्रदेश सांसद खड्गबहादुर बस्नेत, नेतृ सरला राईलगायतका नेताहरूले नवप्रवेशीलाई टीका र खादा लगाएर स्वागत गरे।

कार्यक्रममा बोल्दै उम्मेदवार खतिवडाले देशको समृद्धि, स्थायित्व र सुशासनका लागि एमालेको विकल्प नरहेको दाबी गर्दै युवाहरूको सक्रिय सहभागिताले पार्टी थप सशक्त बन्ने बताए। प्रदेश सांसद बस्नेतले मिक्लाजुङ क्षेत्रमा विकास र जनअपेक्षा पूरा गर्न एमाले प्रतिबद्ध रहेको उल्लेख गरे।

नवप्रवेशी युवाहरूले एमालेको नीति, नेतृत्व र विकासको दृष्टिकोणबाट प्रभावित भएर पार्टीमा आबद्ध भएको बताएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।