धनकुटामा एमाले उम्मेदवार राईमाथि झुटो आरोप लगाइएको भन्दै एमाले धनकुटाको आपत्ति

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार राजेन्द्र राईलाई लक्षित गरी फेसबुकमा झुटो आरोप लगाइएको भन्दै नेकपा एमाले धनकुटाले आपत्ति जनाएको छ ।

शनिबार एमाले धनकुटाले पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवार लाक्पा तामाङले गलत मोबाइल नम्बर राखी झुटो प्रचार गरेको भन्दै आपत्ति जनाएको हो ।

शुक्रबार एमाले उम्मेदवार राईले धनकुटाको मुगामा एक भोट बराबर १० हजार बाँडेको भन्दै तामाङले फोनमा रेकर्ड गरेको अडियोलाई भिडियो बनाइ पोष्ट गरेका थिए तर उक्त अडियो र भिडियो गलत भएको भन्दै एमाले धनकुटाले आपत्ति जनाएको छ ।

तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत एमाले उम्मेदवार राईको विषयमा गलत फोन नम्बर प्रयोग गरी नक्कली व्यक्ति खडा गर्दै भ्रमपूर्ण सूचना र सन्देश प्रवाह गरेको एमाले धनकुटाका अध्यक्ष शिव आङ्लाले बताए । निर्वाचन आचारसंहिता २०८२, प्रचलित ऐन, कानून तथा नियमको उल्लंघन भएको एमालेले जनाएको छ ।

उक्त भिडियो तथा अडियोमा प्रयोग भएको भनिएको भूपाल थापा नामक व्यक्ति र मोबाइल नम्बर नक्कली भएको बताइएको छ । तामाङलाई जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रहरी कार्यालय समक्ष उपस्थित गराई आवश्यक कानुनी कारबाही अघि बढाउन समेत एमालेले माग गरेको छ ।

एमाले अध्यक्ष आङ्लाले लोकतान्त्रिक अभ्यास, कानूनी शासन, विधि र निर्वाचन प्रक्रियालाई सम्मान गर्दै स्वच्छ, मर्यादित र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न पार्टी प्रतिबद्ध रहेको बताए ।

उनले यस किसिमका अवाञ्छित गतिविधि तत्काल रोक्न चेतावनी दिँदै आवश्यक प्रतिकारबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी संलग्न पक्ष स्वयंले लिनुपर्ने बताए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।