झापाको अर्जुनधारामा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिका-७ स्थित बिरिङ खोलामा गुडिरहेको ट्याक्टरबाट खसेर एक जना सह-चालकको मृत्यु भएको छ।

आज बिहान ९:४० बजेको समयमा बिरिङ खोलाबाट बालुवा लोड गरी गन्तव्यतर्फ जाँदै गरेको प्र१-०१-००१त ९०१० नम्बरको ट्याक्टरको ढालाबाट खस्दा अर्जुनधारा-३ का १६ वर्षीय सरोज श्रेष्ठको ज्यान गएको हो।

ट्याक्टर गुडिरहेकै अवस्थामा अचानक ढालाबाट खसेका श्रेष्ठलाई सोही ट्याक्टरको पछाडिको चक्काले किचेको थियो। दुर्घटनालगत्तै गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि शनिश्चरेस्थित शङ्कर अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले जाँचका क्रममा मृत घोषणा गरेका थिए। मृतक श्रेष्ठ सोही ट्याक्टरका सह-चालक हुन्।

घटना लगत्तै प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ। यस्तै, ट्याक्टरका धनी अर्जुनधारा-४ का ५६ वर्षीय अशोकलाल दनुवारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान गरिरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।