कोशी प्रदेश स्तरीय सुरक्षा वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

विराटनगर, माघ २५ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा निर्वाचन लक्षित प्रदेश स्तरीय सुरक्षा वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

माघ २५ गते नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय राजेन्द्र सिंह भण्डारीको प्रमुख आतिथ्यतामा निर्वाचन लक्षित सुरक्षा योजना, सुरक्षाको अवस्था, सुरक्षा तयारी तथा व्यवस्थापन सम्वन्धमा वैठक तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भण्डारीले वैठक तथा अन्तरकृयामा उठेका जिज्ञासाहरुको सम्वोधन गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेशको सुरक्षा व्यवस्था तथा निर्वाचन तयारी सम्वन्धमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र कुमार पौडेल, सशस्र प्रहरी वल बराह बाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, पुर्वी पृतना हे.क्वा.इटहरीका महासेनानी नन्द बहादुर गुरुङ, जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फबाट प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले प्रस्तुतिकरण गर्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव आस्मान तामाङ, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, राष्ट्रिय अनुसन्धान विभाग कोशीका अनुसन्धान निर्देशक इन्द्र सिंह लामा, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, जिल्ला सुरक्षा समिति मोरङका पदाधिकारी सहित सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।