मोरङको रंगेलीमा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला
मोरङ । मोरङको रंगेली नगरपालिकामा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छिन् ।
रंगेली नगरपालिका वडा नं. २ जलिया बस्ने ३५ वर्षीया मोरङमई मुर्मु बिहीबार मृत फेला परेकी हुन् ।
प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान र कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित प्रादेशिक अस्पताल कोशी पठाएको छ ।
घटनाको थप अनुसन्धानका लागि मृतकका श्रीमान् साईना मुर्मुलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।


