अब दुई तिहाइको सरकार बन्छ : रवि लामिछाने
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब दुई तिहाइको सरकार बन्ने बताएका छन्।
रूपन्देही १ मा आज भएको चुनावी कार्यक्रममा बोल्दै सभापति लामिछानेले सबैको आँखामा आशा नै आशा रहेको भन्दै अब दुई तिहाइको सरकार बन्ने बताए।
‘मान्छेहरू भन्छन्- देशमा निराशा छ। तर म तपाईंहरूको आँखामा हेर्छु आशा नै आशा छ, अब दुई तिहाइको सरकार बन्छ, कमसेकम बहुमतको सरकार बन्छ,’ सभापति लामिछानेले भने, ‘यो आशालाई जगाइराख्नुहोला।’
जनताको मनभित्र रहेको आशालाई जगाइराख्न आफू रूपन्देही आएको पनि उनले बताए।

