भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा परेर खोटाङका तीन जना युवकको गयो ज्यान ,एक बेपत्ता

खोटाङ । भारतको मेघालयस्थित एक अवैध कोइलाखानीमा भएको विष्फोटमा परेर खोटाङका तीन जना युवकको ज्यान गएको छ।

मेघालयको पूर्वी जयन्तीया हिल्सस्थित खानीमा गत माघ २२ गते भएको उक्त दुर्घटनामा एक जना अझै बेपत्ता छन् भने अन्य तीन जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा बरापोखरी गाउँपालिका–१ का २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगर रहेका छन्।

पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ हुन्। विष्फोटमा परेर हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राई बेपत्ता भएका छन्।

खानीभित्रै विष्फोट भएकाले बेपत्ता राईको जलेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। उनको नागरिकता र मोबाइल भने कोठामै भेटिएको छ। विष्फोटमा बरापोखरीकै कर्णबहादुर खपाङ्गी मगर, बमबहादुर खपाङ्गी मगर र उदयपुरका ललित लुङ्गेली मगर गम्भीर घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

सँगै काम गर्ने साथीहरूले विष्फोटपछि उद्धार गरिएका शवहरू आगोले डढेर चिन्नै नसकिने अवस्थामा रहेको जानकारी दिएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।