झापाको बिर्तामोडमा मिक्सर मेसिन सफाइ गर्दा करेन्ट लागेर एक युवकको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपाने लालमाटीस्थित ओमकार रेडिमेड्स कङ्क्रिट प्रा.लिका कामदार २८ वर्षीय राजीव राजवंशीको करेन्ट लागेर मृत्यु भएको छ ।

मिक्सर मेसिन सफा गर्ने क्रममा करेन्ट लागेर सोमबार राति ११ बजेतिर उनी गम्भीर घाइते भएका थिए । शिवसताक्षी नगरपालिका–४ घर भएका राजवंशीको उपचारका क्रममा बिर्तामोडको बी एन्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उद्योगका हेल्पर राजवंशीले मिक्सरमा हिल्टी हानेका बेला अचानक विद्युत सर्ट भई करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।