एकीकृत समाजवादीका करिब १ सय जना एमाले प्रवेश
सुनसरी । नेकपा एमालेको ‘घर फर्क अभियान’ अन्तर्गत नेकपा एकीकृत समाजवादीका करिब १०० जना नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।
बराहक्षेत्र नगर कमिटीका सचिव पुष्पराज धामीको नेतृत्वमा एकीकृत समाजवादी परित्याग गर्दै उनीहरू नेकपा एमालेको मूल धारमा फर्किएका हुन्। पार्टी प्रवेश कार्यक्रममा एमाले नेताहरूले नवप्रवेशीहरूलाई स्वागत गर्दै संगठनलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
एमालेले सञ्चालन गरेको ‘घर फर्क अभियान’ ले विभिन्न पार्टीबाट आएका कार्यकर्ताहरूलाई पुनः एमालेमा समेट्दै संगठन विस्तारमा योगदान पुर्याइरहेको जनाएको छ।
कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

