मोरङमा मतदान केन्द्र अनुगमन

विराटनगर । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित ढंगले सम्पन्न गराउन मोरङ जिल्लामा तयारी तीव्र पारिएको छ । मुख्य निर्वाचन अधिकृतको टोलीसहित मोरङका सबै सुरक्षा निकायहरू निर्वाचन लक्षित अनुगमनमा सक्रिय भएका छन् ।

जिल्लाभर रहेका मतदान केन्द्रहरूको अवस्था, भौतिक पूर्वाधार, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिताको पालना भए–नभएको विषयमा नियमित रूपमा अनुगमन भइरहेको छ । मुख्य निर्वाचन अधिकृत (संयोजक ) चित्रबहादुर गुरुङ , मोरङ प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरू सम्मिलित टोलीले संवेदनशील र अति संवेदनशील मतदान केन्द्रहरूमा विशेष ध्यान दिँदै अनुगमन कार्यलाई तीव्र बनाएको छ ।

यसै सन्दर्भमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन् । उनले भने, “निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउन अनुगमनलाई कडाइका साथ अघि बढाइएको छ। कुनै पनि किसिमका अवाञ्छित गतिविधि सह्य नहुनेछ, आवश्यक परे तत्काल कानुनी कारबाही गरिन्छ।”

सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले मतदातालाई निर्भीक वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गर्न सुरक्षा व्यवस्था मजबुत बनाइएको जानकारी दिँदै सबै सरोकारवालालाई सहयोग र समन्वय गर्न आग्रह गरेका छन् ।

यस अघि मोरङ क्षेत्र नम्बर ४, ५ , ६ र आज क्षेत्र नम्बर २ र ३ को को मतदान स्थलहरुको अनुगमन गरिएको छ । साथै क्षेत्र नम्बर १ को उत्तरी मोरङका स्थलगत अनुगमनमा जाने तयारी रहेको जनाइएको छ

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।