डा. शेखर कोइरालाको चुनावी अभियान तीव्र, ६ वडामा एकैदिन पार्टी कार्यालय उदघाटन

विराटनगर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसले संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाएको छ ।
सोही क्रममा कांग्रेसका उम्मेदवार तथा वरिष्ठ नेता डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकैदिन पार्टी कार्यालय उद्घाटन गरेका छन् ।

बूढीगंगा गाउँपालिका–१, २, ३, ४, ६ र ७ मा स्थापना गरिएका पार्टी कार्यालय उद्घाटन गर्दै नेता कोइरालाले पछिल्ला वर्षहरूमा गाउँपालिकामा पूर्वाधार विकासले गति लिएको दाबी गरे । उनले पिउने पानी, सडक सञ्जाल विस्तार, स्वास्थ्य संस्था स्तरोन्नति लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भएको उल्लेख गरे ।

‘अघिल्ला वर्षको तुलनामा बूढीगंगाको स्वरूप फेरिएको छ,’ उनले भने, ‘विकास नभएको भन्ने आरोप यथार्थमा आधारित छैन ।’ नेता कोइरालाले नेपालमा विकासको जग कांग्रेसले नै बसाएको दाबी गरे ।

‘२०४८ सालमा कांग्रेस नेतृत्वको सरकारले अघि सारेको नीतिकै कारण अहिले गाउँ–गाउँमा शिक्षा, स्वास्थ्य, सडक, बिजुलीबत्ती, खानेपानी पुगेको छ त्यसको सम्पूर्ण देन कांग्रेसकै हो,’ उनले थपे, ‘राजनैतिक परिवर्तन मात्रै अहिले जुन विकास भएको त्यो कांग्रेसकै योगदान छ ।’
निर्वाचन मिति नजिकिँदै जाँदा कांग्रेसले गाउँ–टोल केन्द्रित कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको जनाएको छ । डा. कोइराला यतिबेला विभिन्न पेशा–व्यवसायमा आबद्ध समूहसँग छलफल, भेटघाट र घरदैलो अभियानमा सक्रिय छन् ।

कार्यक्रममा कांग्रेसकी समानुपातिक उम्मेदवार रुक्मिणी कोइरालाले संविधानको रक्षा र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि कांग्रेसलाई विजयी गराउन आग्रह गरिन् । समानुपातिक सांसद उम्मेदवार प्रमिला गच्छदारले जनआन्दोलनपछिको राजनीतिक उपलब्धिलाई संस्थागत गर्न जिम्मेवार राजनीतिक शक्तिको आवश्यकता रहेको बताइन् ।
कांग्रेस बूढीगंगा गाउँपालिकाका उपसभापति किरण चौधरीका अनुसार पार्टीले निर्वाचन लक्षित कार्यक्रमलाई वडा तहसम्म विस्तार गर्दै संगठनात्मक गतिविधि सुदृढ बनाइरहेको छ ।

कांग्रेस नेतृत्वले लोकतन्त्र, संविधान, संसदको सर्वोच्चता तथा धार्मिक–सांस्कृतिक पहिचानको संरक्षणका लागि आफ्नो पार्टीको विजय अपरिहार्य रहेको धारणा दोहो¥याएको छ ।

चुनावी अभियानमा रहेका कोइरालाले बूढीगंगा गाउँपालिकाका विभिन्न स्थानमा पुगेर स्थानीय बासिन्दासित अन्तरक्रिया र छलफल तथा भेटघाटसमेत गरे ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।