धनकुटाका यी स्थानमा आज दिउंसो बिद्युत सेवा अवरुद्द हुने
धनकुटा,२८ माघ । धनकुटाका केही स्थानमा आज दिउंसो बिद्युत सेवा अवरुद्द हुने भएको छ ।
जिल्लाको ११ के .भि.त्रिबेणि फिडर अन्तर्गत धनकुटा नगरपालिका वडा न. ८ स्थित पेलेपाङमा ११ के. भि. लाइनको आवश्यक लाइन, मर्मत संभार कार्य गर्नुपर्ने भएकोले टेकुनाला,बुढिमोरङ ,तेम्बाङ,मुलघाट लगायतका स्थानहरुमा बिद्युत सेवा अबरुद्द हुने नेपाल विद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ ।
बिद्युत दिनको १२ बजेदेखि ३ बजेसम्म उक्त क्षेत्रमा अवरुद्द हुनेछ ।
समय अगाडि नै काम सकिएमा उल्लेखित समय अगाडीनै लाइन सुचारु हुने पनि प्राधिकरणले जनाएको छ ।


