हिजो भएको बस दुर्घटनापछि मृतक तथा घाइतेका आफन्तहरूद्वारा मन्थली बजार क्षेत्रमा सवारी आवतजावत बन्द

काठमाडौ । मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा मंगलबार बिहान भएको बस दुर्घटनापछि मृतक तथा घाइतेका आफन्तहरूले बुधबार मन्थली बजार क्षेत्रमा सवारी आवतजावत बन्द गराएका छन् ।

पीडित पक्षले दोषीमाथि कारबाही र क्षतिपूर्तिसहित न्यायको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । आफन्तहरूले बिहानैदेखि मुख्य सडक खण्डमा सवारी साधन सञ्चालन रोक्दै विरोध जनाएका छन् । यातायात अवरुद्ध हुँदा मन्थली बजार तथा आसपासका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

मंगलबार काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाको गाम्नाङतर्फ जाँदै गरेको पूर्वी अरनिको यातायात प्रालिको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको धुलिखेल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएका चालकलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये ८ जनाको शव मन्थली नगर अस्पतालको पोष्टमार्टम गृहमा र ४ जनाको शव रामेछाप अस्पतालमा राखिएको छ । तर बस सञ्चालक कम्पनीका आधिकारिक प्रतिनिधि सम्पर्कमा नआएकाले पीडित परिवारका मागबारे सहमति जुट्न नसक्दा पोष्टमार्टम प्रक्रिया रोकिएको छ । स्थानीय प्रशासनले मंगलबार रातिदेखि नै पीडित पक्षसँग वार्ता गर्दै आएको भए पनि कम्पनीका अधिकारी उपस्थित नहुँदा निष्कर्षमा पुग्न नसकिएको जनाइएको छ ।

आफन्तहरूले कम्पनीका जिम्मेवार प्रतिनिधि उपस्थित भई स्पष्ट धारणा सार्वजनिक नगरेसम्म शव परीक्षण र अन्य प्रक्रिया अघि बढ्न नदिने अडान राखेका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖