झापा र सुनसरीबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जना पक्राउ

विराटनगर, माघ २९ गते । झापा र सुनसरीको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ २८ गते झापाको इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरीगंज-२ स्थितमा मे १ ह ५६६७ नम्बरको ओटो टेम्पुलाई संका लागी चेकजाँच गर्दा अटोको म्याट भित्र ६ ग्राम ०९ मिलि ग्राम ब्राउन सुगर फेला पारी चालक शिवसताक्षी-२ का दिल कुमार विश्वकर्मा, सवार गौरादह-८ का अमन ताजपुरिया, धरान-१६ का दिपा परियार र वेलबारी-९ की पार्वती चौधरीलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र-५ कालाबन्जार चोक स्थितबाट बराहक्षेत्र-६ का सुमित संजय गुप्तालाई प्रतिबन्धित औषधी ९५ पिस र स्कुफ २ बोतल सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सबैजनाको सम्बन्धमा सम्बन्धीत प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖