संखुवासभामा एमालेबाट निर्वाचित पूर्व वडाध्यक्ष लामा सहितको टोली नेपाली कांग्रेस प्रवेश
संखुवासभा । संखुवासभा स्थित भोटखोला गाउँपालिकामा एमालेबाट निर्वाचित पूर्व वडाध्यक्ष किन्साङ लामा सहितको टोली नेपाली कांग्रेस प्रवेस गरेका छन् ।
भोटखोलामा आयोजित चुनाव विशेष भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन बिभाग संयोजक तारामान गुरुङ, पूर्व मन्त्री दिपक खड्का, उम्मेदवार दिपन कुमार श्रेष्ठ लगायतले टोलीलाई प्रवेश गराएको हो ।


