कार्यसम्पादनमा ताप्लेजुङको सिरिजङ्घा प्रथम

ताप्लेजुङ, फागुन १ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादनमा प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रारम्भिक नतिजामा सिरिजङ्घा ताप्लेजुङ भरिमा प्रथम भएको हो ।

आयोगले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार प्रथम भएको सिरिजङ्घाले ६८.१२ अङ्क प्राप्त गरेको छ । दोस्रो पाथीभरा याङवरक गाउँपालिका बनेको छ । पाथीभरा याङवरकले ६५.७२ अङ्क प्राप्त गरेको छ ।

तेस्रो बनेको मैवाखोला गाउँपालिकाले ५८.६८ अङ्क प्राप्त गर्दा चौथो बन्न सफल मिक्वाखोला गाउँपालिकाले ५८.५८ अङ्क पाएको छ । पाचौँ बनेको सिदिङ्वा गाउँपालिकाको ५७.८९ अङ्क, छैटौँ बन्न सफल मेरिङदेन गाउँपालिकाको ५७.०१ अंक र सातौँ बन्न सफल फक्ताङलुङ गाउँपालिकाको ५६.७५ अङ्क रहेको छ ।

यता एक मात्र रहेको फुङलिङ नगरपालिकाले ५०.६५ अङ्क प्राप्त गरी आठौँ स्थानमा रहेको छ भने आठराई त्रिवेणी गाउँपालिका ४१.३१ अङ्कका साथ अन्तिम भएको छ । आयोगले प्रकाशित गरेको प्रारम्भिक नतिजामा चित्त नबुझेमा ७ दिन भित्र पुनरावलोकनका लागि निवेदन दिन सकिने प्रावधान रहेको छ ।

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ अनुसार आयोगले विभिन्न १७ सूचकको आधारमा मूल्याङ्कन गर्ने गरेको छ । जसअनुसार बजेट पेश र पारितको समयावधि, आयव्ययको प्रक्षेपण गरी अर्थ मन्त्रालयमा पेश गरेको समयावधि, विनियोजित रकम खर्चको समयावधि र अवस्था, सूत्रको प्रयोग, आवधिक योजना तर्जुमाको अवस्था विश्लेषण गर्ने गरेको छ।-स्रोत:रेडियो काबेली

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।