बंगलादेशमा हालै सम्पन्न निर्वाचनको परिणाम नेपालमा पनि दोहोरिने ओलीको दाबी
झापा । केपी शर्मा ओलीले बंगलादेशमा हालै सम्पन्न निर्वाचनको परिणाम नेपालमा पनि दोहोरिने दाबी गरेका छन्।
काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र झापा–५तर्फ जाने क्रममा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बंगलादेशमा देखिएको राजनीतिक प्रवृत्ति नेपालमा पनि देखिने बताएका हुन्।
ओलीले बंगलादेशका निर्वाचन विजेतालाई बधाई तथा शुभकामना दिँदै त्यहाँको जनमतले दिएको सन्देश नेपाली मतदाताले पनि दिने विश्वास व्यक्त गरे।


