जेन-जी आन्दोलनमा ध्वस्त संरचना निर्माण गर्दै प्रदेश सरकार

सुर्खेत, ३१ भदौ ।  २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी खोलेसँगै कार्यालयहरुको पुनर्निर्माण हुने देखिएको हो ।

कार्यालयका सिडिई अनिल तिम्सिनाका अनुसार कार्यालयले मुख्यमन्त्री निवास, प्रदेश सभा भवन, कोलेनिका लगायतका जलाएर ध्वस्त पारिएका संरचना निर्माण गर्ने भएको हो ।

मुख्यमन्त्री निवकास निर्माणकालागि ४० ओटा शिलबन्दी दरभाउपत्र प्राप्त भएका छन् भने अन्य संरचनाका लागि ५४ वटा बोलपत्र दाताले निवेदन दिएको सिडिई तिम्सिनाले जानकारी दिए । उनका अनुसार प्राप्त बोलपत्रकाआधारमा केही दिनमै मूल्यांकन गरी निर्माण कार्य प्रारम्भ गरिने भएको हो ।  
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।