विराटनगरमा पहिलो पटक ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगिता शुरु, मोरङको विजयी शुरुवात

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरमा पहिलो पटक ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा विहिवार भएको खेलमा पहिलो खेलमा मोरङले सुनसरीलाई ५५ रनले पराजित गरि ३ खेलको सिरिजमा मोरङले अग्रता लिएको छ ।

टस जितिर ब्याटिङ गरेको मोरङले निर्धारित ५० ओभरको खेलमा २७ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय १४ रनमा अलआउट भयो । मोरङका ८ औ नम्बरमा ब्याटिङ गर्न आएका प्रतिक पोखरेलले ३२ रन बनाउँदा सुवास राँयले १३ रनको योगदान दिए । पूतिब ब्याटिङ गर्न आउँदा मोरङ ४३ रनमा ६ विकेट गुमाई दयनिय अवस्थामा रहेको वेला ३२ रनको ठोस इनिङ खेलेका थिए । सुनसरीका कविराज खत्रीले किपाmयती बलिङ गर्दै ९ दशमलव ३ बलमा ५ मेडन राख्दै २१ रन दिएर ५ विकेट लिँदा कृष्ण विष्ट र रविन मण्डलले १–१ विकेट लिए ।

जवाफमा १ सय १५ रनको धिmनो लक्ष्य पाएको सुनसरी १९ दशमलव ४ बलमा सवै विकेट गुमाई मात्र ५५ रन बनायो । सुनसरीका रोशन खत्रीले १७ रन बनाउँदा अफन ताहिरले ११ रनको योगदान दिए । मोरङका कृष शर्माले ७ दशमलव ४ बलमा २ मेडन राख्दै १७ रन दिएर ५ विकेट लिँदा कृतिक कामतले २ ओभरमा २ रन दिएर ४ विकेट तथा प्रतिक पोखरेलले १ विकेट लिए । खेलमा प्लेयर अफ म्याच मोरङका प्रतिक पोखरेल भए । उनले ३२ रन बनाउँनुको साथ सुनसरीका २ जना ब्याटरको क्याच समेत दिएका थिए ।

शनिबारसम्म हुने प्रतियोगितामा मोरङ र सुनसरीका दुई टीम सहभागि रहेका छन् । कोशी प्रदेशको क्रिकेट विकासका लागि प्रतियोगिता गर्न लागिएको फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले बताए । प्रतियोगिताले खेलाडीहरूमा थप हौसला प्रदान हुने उनले बताए । मोरङका अनिल श्रेष्ठ र सुनसरीका मीन दाहाल पूर्व क्रिकेट खेलाडी भएको अध्यक्ष श्रेष्ठले बताए । उनीहरूको सम्मानका लागि प्रतियोगिता गर्न लागिएको उनले जानकारी दिए ।

५० ओभरमा हुने खेलमा ‘वेष्ट अफ थ्री’ का आधारमा विजेता घोषित गरिने आयोजकले जनाएका छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।