‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगितामा सुनसरी विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरमा पहिलो पटक भएको ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगितामा सुनसरी विजयी भएको छ ।

विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा शुक्रवार भएको दोस्रो खेलमा मोरङलाई २१ रनले पराजित गर्दै सुनसरी विजयी भएको हो । जितसँगै ३ खेलको सिरिज १–१ को बराबरी भएको छ । अन्तिम खेल शनिबार हुने छ ।

टस जितिर ब्याटिङ गरेको सुन्सरीले निर्धारित ५० ओभरको खेलमा ३४ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय २ रनमा सिमित भयो । सुनसरीका आशिष मण्डल २५ रन बनाउँदा रोशन घिमिरेले १६ रन, अफान ताहिरले १३ रन र आकाश सर्राफले १० रनको योगदान दिए । मोरङका कृष शर्माले ९ दशमलव ४ बलमा १ मेडन राख्दै ४९ रन दिएर ५ विकेट लिँदा कृतिक कामतले ३ विकेट तथा महबुव इराकी र अमर यादवले १–१ विकेट लिए ।

जवाफमा १ सय ३ रनको झिनो लक्ष्य पाएको मोरङ २३ दशमलव २ बलमा सवै विकेट गुमाई मात्र ८१ रनमा अलआउट भयो । मोरङका अटल साहले अविजित २२ रन बनाउँदा आइन्सटाइन रिजालले १३ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकलाई छुन सकेनन । सुनसरीका प्लेयर अफ म्याच कविराज खत्रीले १० ओभरमा २ मेडन राख्दै ४७ रन दिएर ५ विकेट लिँदा रविन मण्डलले ३ विकेट लिए ।

खेल ५० ओभरमा ‘वेष्ट अफ थ्री’ का आधारमा विजेता घोषित गरिने आयोजकले जनाएका छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖