धनकुटाको सांगुरीगढीमा ‘दोस्रो सृजनशील कप २०८३’ खुला पुरुष फुटबल प्रतियोगिता हुने

हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ८ तातोपानीस्थित सृजनशील युवा क्लबको आयोजनामा वैशाख पूर्णिमाको अवसर पारेर दोस्रो “सृजनशील कप २०८३” खुला पुरुष फुटबल प्रतियोगिता सृजनशील खेलमैदानमा आयोजना हुने भएको छ।

“युवा एकता हाम्रो जोड, लागुऔषध दुर्व्यसन र नारी हिंसा छोड” भन्ने नाराका साथ आयोजना हुन लागेको उक्त प्रतियोगिता आगामी नयाँ वर्ष वैशाख १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने क्लबले जानकारी दिएको छ। प्रतियोगिताका सम्पूर्ण खेलहरू ‘मेरो गन्तव्य’ फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।

खेलप्रेमीहरूलाई आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा विजेता टिमले नगद रु. ७५,०८३, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु. ४५,०८३, ट्रफी र मेडल हात पार्नेछ। सहभागी टिमहरूका लागि इन्ट्री शुल्क रु. ५,०८३ तोकिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रोत्साहन स्वरूप विभिन्न विधागत पुरस्कारहरू पनि प्रदान गरिनेछ। उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर तथा सर्वोत्कृष्ट खेलाडीलाई विशेष सम्मान गरिनेछ।

टिम दर्ताको अन्तिम मिति वैशाख ३ गतेसम्म तोकिएको छ भने टाइसिट वैशाख ७ गते प्रकाशन गरिनेछ। प्रत्येक टिममा ९+४ गरी जम्मा १३ खेलाडी, १ व्यवस्थापक र १ प्रशिक्षक हुनुपर्नेछ। खेल प्रचलित फिफा नियमअनुसार सञ्चालन हुनेछ र जर्सी तथा स्टकिङको रंग एउटै हुनुपर्नेछ।

प्रतियोगितामा साँगुरीगढी गाउँपालिका तथा वडा नं. ८ को कार्यालय सहयोगी संस्थाका रूपमा रहेका छन्। प्रतियोगितासम्बन्धी थप जानकारीका लागि क्लबका अध्यक्ष टिकाराम राई, सह–सचिव सुभाश राई, प्रवक्ता पुष्पराज राई तथा अन्य सदस्यहरूसँग सम्पर्क गर्न सकिनेछ।

सृजनशील युवा क्लबले सम्पूर्ण खेलप्रेमी, स्थानीय बासिन्दा, पत्रकार तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई प्रतियोगितालाई सफल बनाउन अनुरोध गरेको छ। प्रतियोगिताको अवधिभर कुनै विवाद उत्पन्न भएमा आयोजक तथा रेफ्रीको निर्णय अन्तिम हुने क्लबले स्पष्ट पारेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।