धनकुटाको हिलेमा जारी रामनवमी कप भलिबल: सभापोखरी, पाख्रिवास र कन्काइ विजयी

धनकुटा,११ चैत । धनकुटाको हिलेमा १८ औ संस्करणको कोशी प्रदेश स्तरीय अन्तरपालिका रामनवमी कप भलिबल प्रतियोगिता सुरु भएको छ ।

हिले भलिवल क्वलको आयोजनामा हिले खेलमैदानमा भएको प्रतिगोगिताको उद्घाटन खेलमा भोजपुरको राम प्रसाद राई गाउँपालिका बिजयी भएको छ । राम प्रसादले भोजपुरकै हतुवागढी गाउँपालिकालाई १९—२५, २्५—२३, २४—२६, २५—०९, १५—१०को सेटले पराजित गरेको हो ।

प्रतियोगिता अन्तरगत बुधबार भएको पहिलो खेलमा संखुवासभाको सभापोखरी गाउँपालिकाले धनकुटाको महालक्ष्मी नगरपालिकालाई २५—१५, २५—१७ र २५—२३ को सोझो सेटले हराएको हो ।

त्यस्तै दोस्रो खेलमा धनकुटाको पाख्रिवास नगरपालिकाले भोजपुरको अरुण गाउँपालिकालाई २५—१८, २५—१९ र २५—१३ को सोझो सेटले हराउन सफल भयो । त्यस्तै तेस्रो खेलमा झापाको कन्काइ नगरपालिकाले भोजपुरको आमचोक गाउँपालिकालाई २१—२५, २५—२१ र २५—२० र २६—२४को सेटले पराजित गरेको क्लवका अध्यक्ष संजिव तामाङले जानकारी दिनुभयो ।

प्रगियोगिता अन्तरगत विहिबार सेमिफाइनल चरणका खेलहरु र शुक्रबार फाइनल खेल हुने छ । प्रतियोगितामा विजेता टोलीले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने छन् ।

प्रतियोगितामा कोशी प्रदेशका ९ बिभिन्न पालिकाको सहभागीता रहेको छ । हिलेमा रामनवमीमा २०५५ सालवाट भलिवल प्रतियोगिता सञ्चालन हुदै आएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।