धनकुटाको हिलेमा सम्पन्न १८ औ संस्करणको राम नवमी कपको उपाधि कनकाईलाई

धनकुटा,१३ चैत । झापाको कनकाई नगरपालिकाले हिलेमा जारी १८ औ संस्करणको कोसी प्रदेश स्तरीय अन्तरपालिका राम नवमी कप भलिबल प्रतियोगिताको उपाधि उचालेको छ ।

शुक्रवार हिले खेलमैदानमा भएको प्रतियोगितामा कनकाईले भोजपुरको राम प्रसाद राई गाउँपालिकालाई पराजित गर्दै उपाधि उचालेको हो । वेस्ट अफ फाइभ खेलाइएको खेलमा कनकाईले २५—१७, २५—२२, २५—१८ को सोझो सेटले पराजित गर्न सफल भएको हो । कनकाईले उपाधि सँगै नगद २ लाख २ हजार २२२ रुपैयाँ हात पा¥यो ।

उपविजेता राम प्रसाद राईले नगद १ लाख १ हजार १११ रुपैयाँमा चित्त बुझाएको छ । बिजेता टोलीलाई धनकुटाका नगरपालिकाका मेयर चिन्तन तामाङले बितरण गर्नु भयो ।

मङ्गलवारवाट सुरु भएको प्रतियोगितामा कोसी प्रदेशका नौ पालिकाको सहभागिता रहेको हिले भलिबल क्लबका अध्यक्ष सञ्जीव तामाङले जानकारी दिनुभयो । धनकुटाको हिलेमा राम नवमीमा २०५५ सालबाट भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।