धनकुटाको पाख्रीबासमा नगर स्तरीय भलिबल प्रतियोगिता सुरु,उद्घाटन खेलमा पाख्रीबास १ र ५ बिजयी

धनकुटा,३० चैत । धनकुटाको पाख्रीबास नगरपालिका ४ स्थित सिमसार क्षेत्रमा नगर स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।

हिजो सम्पन्न उद्घाटन खेलमा दुई खेल सम्पन्न भएका छन् । जसमा पाख्रीबास नपा ६ र १ का बिच भएको खेलमा पाख्रीबास नपा १ र पाख्रीबास ५ र महालक्ष्मी नपा सालघारी बिच सम्पन्न खेलमा पाख्रीबास ५ बिजयी भएका छन् ।

प्रतियोगितामा समूह ‘क’ तर्फ पाख्रीबास नपा वडा नं ६,१,५,१०, महालक्ष्मी नपाका वडा नं ५ र १ साथै भोजपुरको आमचोक गाउंपालिका वडा नं ४ गरि ७ टीम र समूह’ख’ तर्फ पाख्रीबास नपा वडा नं ४,७ ,भोजपुरको षडानन्द नपा वडा नं १२,महालक्ष्मी नपा वडा नं ४,९, छथर गापा ४, भोजपुरको हतुवागढी गापा ९ गरि जम्मा १४ टीमको सहभागिता रहेको छ ।

पाख्रीबास नपाको आयोजना संचालन भइरहेको प्रतियोगितामा बिजेता टीमले नगद पुरस्कार रु ७५ हजार र उपबिजेता टीमले रु ५० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिता चैत २९ गतेबाट सुरु भइ बैशाख १ गते सम्पन्न हुनेछ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।