साहित्य साधनाको सम्मानः विराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

विराटनगर । नेपाली साहित्य र सिर्जनशील क्षेत्रका दुई सक्रिय व्यक्तित्वलाई विराटनगरमा सम्मानित गरिएको छ । बबरसिंह–देवकुमारी थापा सेवा गुठीले आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि ज्ञान उदास र लेखक तथा सञ्चारकर्मी संगीता श्रेष्ठलाई नगदसहित सम्मान प्रदान गरिएको हो ।

शनिबार आयोजित विशेष समारोहमा ‘देवकुमारी थापा स्मृति सम्मान–२०८२’ बाट सम्मानित कवि उदासलाई नगद ५० हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । करिब ६ दशकदेखि कविता, गीत, मुक्तक र बालसाहित्यमार्फत निरन्तर साहित्य साधनामा समर्पित उदास नेपाली साहित्यका स्थापित स्रष्टा मानिन्छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक रामबहादुर थापा, गुठीका अध्यक्ष प्राध्यापक कविराज न्यौपानेलगायतले उदासको योगदान नेपाली साहित्यको दीर्घकालीन सम्पत्ति भएको उल्लेख गर्दै यस्ता सम्मानले नयाँ पुस्तालाई प्रेरणा दिने बताए ।

त्यसैगरी ‘बबरसिंह थापा स्मृति सम्मान’ बाट सञ्चारकर्मी तथा चलचित्र निर्देशक संगीता श्रेष्ठलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । साहित्य, पत्रकारिता र चलचित्र क्षेत्रमार्फत समाजका विविध पक्ष उजागर गर्दै आएकी श्रेष्ठको बहुआयामिक योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ ।

दुवै जना स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक रामबहादुर थापा, आयोजक संस्थाका अध्यक्ष प्राध्यापक कविराज न्यौपाने, उपाध्यक्ष मालती राई, पूजा थापा श्रेष्ठले दोसल्ला ओढाएर नगद राशि र सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा साहित्यकार खेम नेपाली, बलराम पोखरेल, प्रमोद प्रधानलगायतले देवकुमारी थापाको साहित्यिक योगदान स्मरण गर्दै नेपाली भाषा र बालसाहित्यको विकासमा उनको भूमिका उल्लेखनीय रहेको बताए ।

विराटनगर महानगरपालिका–११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल तथा सदस्यसचिव दिनेशराज सुवेदी ‘दिङ्लाली कान्छो’ले स्थानीय तहमा साहित्यिक गतिविधि प्रवद्र्धनका लागि यस्ता पहल आवश्यक रहेको धारणा राखे ।

गुठीका अध्यक्ष न्यौपानेले स्मृति सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै साहित्य, कला र सञ्चार क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई प्रोत्साहन गर्ने योजना रहेको बताए ।

गुठीका सचिव दिनेश श्रेष्ठ, कोषाध्यक्ष हरिमोहन श्रेष्ठ, सदस्य शोभन नेपालसमेतले बालकथाकार देवकुमारी थापाले नेपाली भाषा, साहित्यमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।