नेपाल ‘ए’ लाई ओमानको २८९ काे प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं, ९ बैशाख । नेपाल ‘ए’ लाइ ओमान राष्ट्रिय क्रिकेट टोलीले २८१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।  

नेपाल विरुद्ध ५० ओभरको अभ्यास शृङ्खलामा ओमानले सो लक्ष्य प्रस्तुत गरेको हो । काठमाडौंस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ रोजेको थियो ।

निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ओमानले २८० रनको योगफल तयार गर्यो ।

ओमानका लागि मुजिबुर अलिले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ खेले । उनले ८५ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे । कप्तान जितेन्दर सिंह ४८ बलमा ५८ रनको अर्धशतकीय इनिङ खेल्दै पेभिलियन फर्किए ।

हषिर डपादार ४६, आशिष ओडारा २७ तथा विनायक शुक्ला २५ रनमा आउट हुँदा जितेन रामानन्दी १७ रनमा अविजित रहे । नेपाल ‘ए’ का लागि आकाश चन्दले ४, सन्तोष यादवले २ तथा शाहब आलम, शेर मल्ल र रशिद खानले समान १ विकेट लिए । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।