धनकुटाको चौबिसे स्थित राजारानीमा १३ औं रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता बैसाख १८ बाट हुने
नारायण कुमार राई/धनकुटा,१० बैसाख । यहि बैशाख १८ गते देखि २२ गते सम्म धनकुटाको चौबिसे गाउँपालिका स्थित राजारानीमा १३ औं रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक संस्था रारा फुटबल क्लव राजारानीले बिहीबार पत्रकार सम्मेलन गरेर सम्पुर्न तयारी पूरा भएको जानकारी दिएको छ ।
चण्डी पुर्णिामा तथा बुद्ध जयन्तिको अवसरमा आयोजना हुँदै आएको यो प्रतियोगितामा देश भरिबाट ८ वटा फुटबल टोलीको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष मणि चेम्जोङले जानकारी दिनुभयो ।
प्रथम पुरस्कार ७ लाख र दोस्रो ३ लाख रहेको यो प्रतियोगिता जिल्लाकै सबैभन्दा बढी धनरासी पुरस्कार भएको फुटबल प्रतियोगिता हो ।
प्रतियोगितामा आयोजक रारा,सलेह फुटबल क्लव सर्लाही,बिर्तामोड युनाईटेड झापा,आर आई एफ सि काठमाडौ,केराबारी फुटबल क्लव सुनसरी,धरान फुटबल सुनसरी,गाईघाट फुटबल उदयपुर र डांडाबजार फुटबल धनकुटाको सहभागिता रहने सस्थाका सचिव जीवन कटुवालले जानकारी दिनुभयो ।


