साहित्यकार खुसेन्द्र राईलाई चिया कविता पुरस्कार २०२६

सिक्किम । सिक्किममा लामो समयदेखि साहित्यमा साधनारत साहित्यकार खुसेन्द्र राईलाई वर्ष २०२६ को चिया कविता पुरस्कार प्रदान गर्ने घोषणा भएको छ ।

चिया कविता, सिक्किमको गान्तोकमा बसेको बैठकपछि उनको नाम सर्वसम्मतीले चयन भएपछि घोषणा गरिएको छ । चिया कविताका वरिष्ठ सदस्य साहित्यकार उषा शर्माले पुरस्कार चयनको घोषणा पत्रकारसम्मेलनमा गरिन् । उनले भनिन्, ‘साहित्यको विभिन्न विधामा साधनारत सातजना सर्जकको नाम प्रस्तावित रहेको थियो त्यसबाट सर्वसम्मतिले खुसेन्द्र राईको नाम पुरस्कारको निम्ति योग्य ठहर भएपछि उनलाई चिया कविता पुरस्कार २०२६ अर्पण गरिने निर्णय़ गरिएको छ ।’ उनले लामो समयदेखि साहित्यमा कलम चलाइरहेका पश्चिम सिक्किमको जुम गाउँमा जन्मिएका खुसेन्द्र राईको अहिलेसम्म दुइवटा गजल सङ्ग्रह, दुइवटा कथा सङ्ग्रह, एक कविता सङ्ग्रह र प्रेसमा रहेको एउटा उपन्यास रहेका बताए ।

चुपचाप साधना गर्नमा रमाउने खुसेन्द्र राईको कथासङ्ग्रह खुर्मी र पिरती क्याफेले पाठकहरूको मन जित्न सफल बनेको छ। यसैगरी, सम्भवतः भारतमै पहिलो नेपाली गजलको सङ्ग्रह ए जिन्दगी र मेरा एकाउन्न गजल पनि चर्चित रहेको छ । उनको उपन्यास जोगी प्रकाशोन्मुख रहेको अनि लोकार्पण हुन बाँकी रहेको छ । कविता सङ्ग्रह अनाम बाटोले पनि चर्चा कमाएको श्रीमती शर्माले बताइन् ।

आगामी २१ मईको दिन विश्व चिया दिवसको अवसरमा आयोजित गरिने भव्य कार्यक्रमबीच चिया कविता पुरस्कार २०२६ प्रदान गरिने श्रीमती शर्माले बताइन् । यसैगरी उक्त दिन अन्तरराष्ट्रिय स्तरको काव्य सङ्गम, चिया वार्ता तथा कविता वार्ता पनि आयोजन गरिने भएको छ । उल्लेखनीय छ चिया कविता सिक्किमले २०२३ देखि वर्षेनी चिया कविता पुरस्कार विश्व चिया दिवसको दिन प्रदान गर्दै आएको छ । पुरस्कारमा नगद राशी १५ हजार रुपियाँ, अङ्ग्रवस्त्र, ताम्रपत्र तथा प्रसस्ती पत्रले पुरस्कृत गरिनेछ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।