विराटनगरमा दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिता शुरु

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलिेवन विराटनगर ज्वाला क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

सोमबार भएको उद्घाटन खेलमा विराटनगर हव र सिरहा हव विजयी भएका छन् । पहिलो खेलमा विराटनगर हवले राजविराज हवलाई ८ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेकोे राजविराजले निर्धारित १५ ओभरको खेलमा १४ दशमलव २ बलमा सवै विकेट गुमाई ५६ रन बनाएको थियो । राजविराजका रोहन विकले २० रन बनाउँदा निवेश मण्डलले १२ रन बनाए । विराटनगरका प्लेयर अफ म्याच अभय कामतले ४ विकेट लिँदा अरुण मण्डल र विकाश कामतले समान २–२ विकेट लिए ।

५७ रनको लक्ष्य पाएको विराटनगरले ६ दशमल ४ बलमा २ विकेट गुमाउँदै सो विजयी लक्ष्य पार गरेको थियो । विराटनगरका मनिष कामतले अविजित ३७ रन बनाउँदा आकाश यादवले १२ रनको योगदान गरे । राजविराजकामिथलेश कविर र नितिस शर्माले समान १–१ विकेट लिए ।

दोस्रो खेलमा सिरहा हवले उदयपुर हवलाई ३६ रनले पराजित गरेको छ ।

टस हारेर ब्याटिङ गरेकोे सिरहाले निर्धारित २० ओभरमा ६ विकेट गुमाई ९१ रन बनाएको थियो । सिरहाका प्लेयर अफ म्याच आलोक यादवले अविजित २३ रन बनाउँदा दुर्गेश मण्डलले १६ रन बनाए । उदयपुरका देवेन दासले सर्वाधिक २ विकेट लिए ।

९२ रनको लक्ष्य पाएको उदयपुरले १८ दशमल १ बलमा सवै विकेट गुमाउँदै ५५ रनमा सिमित भयो । उदयपुरका सौरभ पौडेल अविजित २६ रनको योगदान गरे । सिरहाका आयस विकले २ विकेट लिँदा अविशेक राँयले पनि २ विकेट लिए ।

बैशाख २६ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशको मोरङ, सुनसरी र उदयपुर तथा मधेश प्रदेशको सिरहा र राजविराज गर ५ टिम सहभागि रहेका छन् । राउण्डराविन लिगको आधारमा खेलाइने प्रतयोगितामा उत्कृष्ट दुइ टिमले फाइनल खेल्ले छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।