विराटनगरमा जारी नेपाल हव पुरुष २०–२० क्रिकेटमा राजविराज र विराटनगर विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र कोशी प्रदेश क्रिकेट सँघको आयोजनामा मेरिलिेवन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगितामा राजविराज र विराटनगर विजयी भएको छ ।

पहिलो खेलमा राजविराज हवले इटहरी हवलाई ५ विकेटले पराजित गरेको छ । जितसँगै राजविराज तेस्रो स्थानमा रहेको छ । राजविराजले २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

सोमबार राती वर्षा भए पछि १० ओभरमा छोट्याएको खेलमा टस हारेर ब्याटिङ गरेकोे इटहरीले ९ विकेट गुमाई विकेट गुमाई ५१ रन बनाएको थियो । इटहरीका आयुस पोखरेलले १८ रन बनाउँदा मुकेश यादवले १३ रन बनाए । राजविराजका निरज सुनरैतले २ विकेट लिँदा सुमित इसर र अजय यादवले पनि २–२ विकेट लिए ।

५२ रनको लक्ष्य पाएको राजविराजले ९ दशमल २ बलमा ५ विकेट गुमाउँदै सो विजयी लक्ष्य पार गरेको थियो । राजविराजका प्लेयर अफ म्याच रोहन विकले अविजित ४० रनको योगदान गरे । इटहरीका विशाल गोसाइले २ विकेट लिए ।

दोस्रो खेलमा विराटनगर हवले उदयपुर हवलाई २६ रनले पराजित गरेको छ । जितसँगै विराटनगर ४ अंकका साथ शिर्ष स्थानमा रहेको छ । विराटनगरले खेलेकोे दुवै खेलमा जित हात पारेको छ ।

टस जितेर ब्याटिङ गरेकोे विराटनगरले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ५ बलमा सवै विकेट गुमाई ८५ रन बनाएको थियो । विराटनगरका आकाश यादवले ३८ रन बनाउँदा सोहेव आलमले १७ रन बनाए । उदयपुरका सविन खडकाले ३ विकेट लिँदा कुलबहादुर सिग्देल र प्रयास चौधरीले समान २ विकेट लिए ।

८६ रनको लक्ष्य पाएको उदयपुरले १८ दशमल १ बलमा सवै विकेट गुमाउँदै ५९ रनमा सिमित भयो । उदयपुरका चन्द्रविर दासले १८ रन जोड्दा कुलबहादुर सिग्देलले १० रनको योगदान गरे । विराटनगरका प्लेयर अफ म्याच देवराज झाले ४ विकेट लिँदाअरुण मण्डल र मनिष कामतलेसमान २ विकेट लिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।