विराटनगरमा जारी नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिताको फाइनलमा सिरहा र विराटनगर

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र कोशी क्रिकेट सँघको आयोजनामा मेरिलिेवन विराटनगर ज्वाला क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिताको फाइनलमा सिरहा हव र विराटनगर हव विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको लिगको अन्तिम खेलमा विजयी हुँदै लिगको शिर्ष दुई हुँदै सिरहा हव र विराटनगर हव फाइनलमा प्रवेश गरेको हो ।

पहलो खेलमा राजविराज हवलाई सिरहा हवले १ रनले पराजित गरेको छ । शुक्रबार विहान वर्षा भए पछि १० ओभरमा छोट्याएको खेलमा टस जितेर ब्याटिङ गरेकोे सिरहलाले ८ विकेट गुमाई विकेट गुमाई ५७ रन बनाएको थियो । सिरहाका कप्तान आयुस विकले सर्वाधिक २० रन बनाए । राजविराजका अजय यादवले ३ विकेट लिँदा नितिस शर्मा पनि ३ विकेट लिए ।

५८ रनको लक्ष्य पाएको राजविराजले पुरै ओभर खेल्दै ९ विकेट गुमाउँदै ५६ रन बनायो । राजविराजका निवेश मण्डलले सर्वाधिक १४ रनको योगदान दिए । सिरहाका अविशेक राँयले ३ विकेट लिँदा आयुस विकले २ विकेट लिए । खेलको प्लेयर अफ म्याच सिरहाका अलराउण्डर खेलाडी आयुस विक घोषित भए ।

दोस्रो खेलमा इटहरी हवले अपराजित टिम विराटनगर हवलाई २ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेकोे विराटनगरले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सवै विकेट गुमाई ७९ रन बनाएको थियो । विराटनगरका अरुण मण्डलले अविजित ४० रन बनाउँदा आकाश यादवले १० रन बनाए । इटहरीका प्लेयर अफ म्याच दिवश विष्टले ४ विकेट लिँदा असान खान ३ विकेट लिए ।

८० रनको लक्ष्य पाएको इटहरीले १८ दशमल ३ बलमा ८ विकेट गुमाउँदै सो लक्ष्य भेट्टाएको छ । इटहरीक असान खानले १५ रनको योगदान गरे । विराटनगरका मनिष कामतले ३ लिँदा अरुण मण्डल र देवराज झाले २–२ विकेट लिए ।

सिरहाले ४ खेलमा ३ मा जित र १ खेल रद्ध भएपछि ७ अंककासाथ शिर्ष स्थानमा रहेको छ भने विराटनगरले ४ खेलमा २ मा जित र १ मा खेल रद्ध भएपछि ५ अंकका साथ दोस्रो, राजविराजले ४ खेलमा २ मा जित र २ मा पराजित हुँदै ४ अंकका साथ तेस्रो , इटहरीले ४ खेलमा २ मा पराजित, १ मा जित र १ खेल रद्ध भएपछि ३ अंककासाथ चौथो तथा उदयपुरले ४ खेलमा ३ मा पराजित र १ खेल रद्ध भएपछि १ अंककासाथ पुछारमा रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।