विराटनगरमा सम्पन्न नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिताको उपाधि सिरहालाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र कोशी क्रिकेट सँघको आयोजनामा मेरिलिेवन विराटनगर ज्वाला क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिताको उपाधिसिरहा हवले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा विराटनगर हवलाई २४ रनले पराजित गर्दै सिरहा हवले उपाधि जिेको हो ।

टस जितेर ब्याटिङ गरेकोे सिरहाले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १० रन बनाएको थियो । सिरहाका प्लेयर अफ फाइनल कप्तान आयुस ४७ रन बनाउँदा दुर्गेश मण्डलले २४ रन बनाए । विराटनगरका अभय कामतले ४ विकेट लिँदा मनिष कामतले २ विकेट लिए ।

१ सय ११ रनको लक्ष्य पाएको विराटनगरले १८ दशमल ३ बलमा सवै विकेट गुमाउँदै ९४ रनमा सिमित भयो । विराटनगरका मनिष कामतले २५ रन बनाउँदा क्षितिज करण १६ रनको योगदान गरे । सिरहाका आयुष विकले ४ लिँदा अविशेक यादव ३ विकेट लिए ।

बैशाख २१ गतेदेखि शुरु भएकोे प्रतियोगितामा कोशी प्रदेशको मोरङ, सुनसरी र उदयपुर तथा मधेश प्रदेशको सिरहा र राजविराज गर ५ टिम सहभागि रहेका थिए । राउण्डरोविन लिगको आधारमा खेलाएकोे प्रतयोगितामा उत्कृष्ट दुइ टिम फाइनलमा प्रवेश गरेका थिए ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि नेपाल क्रिकेट सँघका सचिव पारस खडका,कोशी क्रिकेट सँघका अध्यक्ष सर्वजितराज पाण्डे र फाउण्डेशका अध्यक्ष अविशेक श्रेष्ठले पुरस्कार तथा ट्रफि वितरण गरे ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।