विराटनगरमा दोस्रो नेपाल ग्रासरुट छात्रा क्रिकेट महोत्सव सम्पन्न

विराटनगर । दोस्रो नेपाल ग्रासरुट छात्रा क्रिकेट महोत्सव २०८३ विराटनगर–६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा सम्पन्न भएको छ ।

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथाउट बाउण्ड्रीजको सहकार्यमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोग र कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धनमा ग्रासरुट क्रिकेट महोत्सव सम्पन्न भएको हो ।

महोत्सवको उद्देश्य कोशी र मधेश प्रदेशका विभिन्न हबबाट खेलाडीहरुलाई सहभागी गराई नेपालको ग्रासरुट स्तरको महिला क्रिकेटलाई प्रवद्र्धन गर्ने तथा खेलाडीबीच आपसी सिकाईको अवसर सृजना गर्नु नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले बताए ।

कोशी प्रदेशका विराटनगर, सुनसरी (टरहरा), उदयपुर, पथरी र इलाम तथा मधेश प्रदेशका सिरहा र राजविराजबाट ७ वटा हबबाट ६३ जना बालिकाहरूको सक्रिय सहभागिता रहेका थिए ।

महोत्सवभर ८ ओभरको सफ्‌ट बल क्रिकेटका ११ वटा खेलहरू विहानैदेखि दिउँसोसम्म सञ्चालन गरिएको थियो । हरेक हबले एकअर्कासँग खेल खेल्ने अवसर पाएका थिए ।

प्रतियोगितात्मक रूपमा पहिलो र दोस्रो स्थान निर्धारण गरिएको थिएन । यो महोत्सवको उद्देश्य क्रिकेटको उत्सव मनाउने र बालिकाहरूलाई खेलमा सहभागी गराउने रहेको अध्यक्ष श्रेष्ठले बताए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।