विराटनगरमा जारी क्रिकेट युनाइटेस कपमा बागमती विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा क्रिकेट युनाइटेस कप–२०२६ मा बागमती प्रदेश विजयी भएको छ ।

क्रिकेट युनाइटेस कपमा बागमती प्रदेशको महिला टिमले विराटनगरको इक्वालिटी कप–११लाई २२ रनले पराजित गर्दै ३ खेलको २०–२० क्रिकेट सिरिजमा १–१ को बराबरी भएको छ । पहिलो खेलमा इक्वालिटी कप–११ ले बागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको थियो । सिरिजको अन्तिम खेल बुधबार हुने छ ।

टस हारेर ब्याटिङ गरेको पाहुना टाली बागमतीले १९ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय १ रनको स्कोर बनाएको थियो । बागमतीकी सविका यादवले २७ रन बनाउँदा प्लेयर अफ म्याच नेपालको पूर्व खेलाडी अस्मिना कर्मचायले अविजित २२ रनको योगदान दिइन् । इक्वालिटी कप–११ की साक्षी यादवले २ विकेट लिँदा सरस्वती चौधरीले पनि २ विकेट लिइन् ।

१ सय २ रनको चुनौती पाएको इक्वालिटी कप–११ ले १८ ओभरमा सवै विकेट गुमाउँदै ७९ रनमा सिमित भयो । इक्वालिटी कप–११ की कप्तान सानु राजवंशीले २६ रन बनाउँदा सुवेक्षा लिम्बुले २४ रनको योगदान दिइन् । बागमतीकी कृष्मा गुरुङले ३ विकेट लिँदा पार्वती खत्रीले पनि ३ विकेट लिइन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖