आईसीसी लिग–२: स्कटल्यान्डमाथि ६ विकेटको सानदार जितसँगै नेपाल पाँचौँ स्थानमा उक्लियो

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा शीर्ष स्थानको स्कटल्यान्डविरुद्ध ६ विकेटको सानदार जित निकालेको छ। यो जितसँगै नेपाल अंकतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।

नेपालले समान २२ अंक भएको नामिबियालाई नेट रनरेटमा पछाडि पार्दै पाँचौँ स्थान सुरक्षित गरेको हो। २२ अंक जोडेको नेपालले हालसम्म २७ खेलमध्ये १० मा जित र १५ मा हार व्यहोरेको छ भने टोलीको दुई खेल रद्द भएको थियो।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले प्रस्तुत गरेको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा कप्तान रोहित पौडेलले कप्तानी इनिङ खेल्दै अविजित ७४ रन बनाए। उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै, उत्कृष्ट ब्याटिङ गरेका इशान पाण्डेले ६१ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५५ रनको अर्धशतकीय योगदान दिए। इशान र रोहितबीच चौथो विकेटका लागि १०४ रनको महत्वपूर्ण शतकीय साझेदारी भएको थियो।

त्यसअघि, ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुवात दिलाएका थिए। आसिफले २९ रन र कुशलले २८ रन बनाए। बलिङतर्फ स्कटल्यान्डका मार्क वाटले २ तथा ब्रान्डन म्याकमुलेनले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ३९.१ ओभरमा आफ्ना सबै विकेट गुमाएर १९४ रन मात्र बनाउन सक्यो।

स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा समान ६ चौका र ६ छक्का प्रहार गरी सर्वाधिक ७३ रन बनाए। माइकल इंग्लिसले ७१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकीय इनिङ खेले। ओपनर जर्ज मुन्सीले २१ रन, मार्क वाटले २० रन र कप्तान रिची बेरिंगटनले १२ रन जोड्नुबाहेक अन्य ब्याटर चल्न सकेनन्।

स्कटल्यान्डलाई सस्तैमा समेट्न नेपालका ललित राजवंशीले घातक बलिङ गर्दै ४ विकेट लिए। यस्तै, सन्दीप लामिछानेले ३ विकेट लिँदा सोमपाल कामी, नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट बाँडे।

घरेलु टोलीसँग पराजित भए पनि स्कटल्यान्ड ३८ अंकका साथ तालिकाको शीर्ष स्थानमा कायम छ। स्कटल्यान्डले ३१ खेल खेल्दै १६ मा जित र ९ मा हार व्यहोरेको छ भने उसको ६ खेल रद्द भएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।