मलेसिया माथि नेपाली महिला टोलीको संघर्षपुर्ण जित

काठमाडौं, ६ जेठ । नेपाल मलेसिया माथिको पहिलो ट्वान्टी–२० खेलमा जित हासिल गरेको छ ।

मलेसियाको क्वालाम्पुरमा रहेको बायोमास ओभलमा बुधबार सम्पन्न खेलमा घरेलु टोलीमाथि नेपालले २ विकेटको संघर्षपुर्ण जित हासिल गरेको हो ।
मलेसियाले दिएको ६८ रनको सामान्य लक्ष्य नेपालले १७.३ ओभरमा पूरा गर्न ८ विकेट गुमाएको थियो । नेपालको जितमा सम्झना खड्काले ३९ बलमा २ चौकाको सहयोगमा सर्वाधिक ३२ रनको इनिङ खेलेकी थिइन् ।

रुवि पोदार १५ रनमा आउट हुँदा नेपालका उनले मात्रै दोहोरो अंकमा रन बनाउन सफल भइन । मलेसियाका लागि नुर कवाल्शाले ३, अल्सा एलिसा र एलसा हन्टरले समान २ तथा नुर दानियाले १ विकेट लिएको खेल रोमाञ्चक बनाएको थियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर ६७ रनको योगफलमा अल आउट भएको थियो । मलेसियाका लागि इल्सा हन्टर बाहेकका अन्य खेलाडीले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् । 

नेपालका लागि पुजा महतोले ३, मनिषा उपाध्याय र रिया शर्माले समान २ तथा कविता कुवँर र सिता राना मगरले समान १ विकेट लिएका थिए ।

यो जितसँगै २ खेलको ट्वान्टी २० शृङ्खलामा नेपालले १–० को अग्रता लिन सफल भएको छ ।

एसियन गेम्स छनोट तथा एसिसी प्रिमियर कप खेल्न मलेसिया पुगेको नेपाली टोलीले घरेलु टोलीसँग तयारी स्वरुप २ खेलको ट्वान्टी २० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न लागेको हो । दोस्रो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल शुक्रबार रहेको छ ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।