धनकुटाको चौबिसे राजारानीमा सम्पन्न रारा गोल्ड कप प्रतियोगिताले गर्यो ५ लाखभन्दा बढी नाफा

धनकुटा,७ जेठ । धनकुटाको चौबिसे गाउँपालिकाको राजारानीमा सम्पन्न १३औँ रारा गोल्ड कप फुटबल प्रतियोगिता–२०८३ बाट आयोजकले ५ लाख ३५ हजार ५ सय ५६ रुपैयाँ नाफा गरेको जनाएको छ ।

रारा फुटबल क्लब राजारानीले बुधबार सार्वजनिक गरेको आय–व्यय विवरण अनुसार प्रतियोगितामा कुल ३८ लाख ८ हजार ७ सय ४५ रुपैयाँ आम्दानी भएको थियो भने ३३ लाख ७३ हजार १ सय ८९ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।

प्रतियोगिताका लागि चौबिसे गाउँपालिकाबाट १४ लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो ।

खानेपानी तथा बजार व्यवस्थापन समिति राजारानीबाट १ लाख ९४ हजार २ सय ४५ रुपैयाँ सहयोग प्राप्त भएको छ । गेट टिकट बिक्रीबाट ११ लाख ४ हजार रुपैयाँ संकलन भएको आयोजक समितिका सचिव जीवन कटुवालले जानकारी दिनुभयो ।

त्यस्तै प्रायोजक तथा सह–प्रायोजकबाट १ लाख ८५ हजार ५ सय रुपैयाँ, अग्नि वस्तुहरा स्मृति प्रतिष्ठानबाट ७५ हजार रुपैयाँ तथा संघसंस्था र व्यक्तिगत चन्दा सहयोगबाट ६ लाख ५० हजार रुपैयाँ आम्दानी भएको उल्लेख गरिएको छ ।

यसबाहेक कबोल रकम वापत प्राप्त हुन बाँकी ३ लाख रुपैयाँ समेत आयतर्फ समावेश गरिएको छ ।
खर्चतर्फ पुरस्कार वितरणमा सबैभन्दा बढी ९ लाख २९ हजार रुपैयाँ खर्च गरिएको छ ।

टिम व्यवस्थापनमा ६ लाख २५ हजार रुपैयाँ, स्वयंसेवक खर्चमा ५8 हजार रुपैयाँ तथा निर्णायक भत्तामा १ लाख ८० हजार रुपैयाँ खर्च भएको छ ।

त्यसैगरी सूचना तथा सञ्चारमा ७१ हजार रुपैयाँ, मैदान व्यवस्थापनअन्तर्गत बाँस, टाँगा, गेट, विद्युत सामग्री लगायतमा ४ लाख ६८ हजार ३ सय २४ रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ ।

अतिथि सत्कारमा २५ हजार रुपैयाँ तथा खेल सामग्री खरिदमा १ लाख ५६ हजार ३ सय रुपैयाँ खर्च गरिएको छ ।

पानी व्यवस्थापनमा २३ हजार ७ सय ५० रुपैयाँ, खाजा, खाना तथा आवासमा ३ लाख ११ हजार ६ सय ८० रुपैयाँ, मेडल, ट्रफी तथा मायाको चिनोमा ७७ हजार ३ सय ९० रुपैयाँ खर्च गरिएको आयोजकले जनाएको छ ।

यस्तै स्टेशनरी तथा छपाइमा ९४ हजार ४५ सय रुपैयाँ, इन्धन तथा यातायातमा १८ हजार ५ सय रुपैयाँ तथा पूर्ण माविलाई टिकट बिक्री वापतको ५ प्रतिशत सहयोगस्वरूप ५५ हजार २ सय रुपैयाँ प्रदान गरिएको छ । अनुमानित कर कट्टी शीर्षकमा २ लाख ८० हजार रुपैयाँ खर्च समावेश गरिएको छ ।

रारा फुटबल क्लबका अध्यक्ष मणि कुमार लिम्बूको अध्यक्षतामा सम्पन्न सार्वजनिक कार्यक्रममा चौबिसे गाउँपालिका–६ का वडा अध्यक्ष आशिष् लिम्बू ,चौबिसे खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर खजुम लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

२०८३ बैशाख १८ देखि २२ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको फाईनलमा बिर्तामोड युनाईटेड झापा फुटबल क्लवले आयोजक राजारानीलाई हराएको थियो ।

प्रथम पुरस्कार ७ लाख नगद रहेको रारा कप जिल्लाकै सबैभन्दा बढी पुरस्कार राशी भएको फुटबल प्रतियोगिता हो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।