धनकुटामा १८ औँ शहीद भीमनारायण गोल्डकप जेठ १० देखि

धनकुटा । शहीद भीमनारायण गोल्डकप को १८ औँ संस्करण यही जेठ १० देखि १६ गतेसम्म धनकुटा–५ स्थित तल्लो टुँडिखेल खेलमैदानमा सञ्चालन हुने भएको छ । आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालका चर्चित क्लबहरूसँगै भारतको कालिम्पोङबाट समेत एक टोली सहभागी हुने आयोजकले जनाएको छ । यस संस्करणमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटासहित बिर्तामोड युनाइटेड फुटबल क्लब झापा, राष्ट्रिय जागृति क्लब इटहरी सुनसरी, बेलबारी फुटबल क्लब मोरङ, गाईघाट युनाइटेड फुटबल क्लब उदयपुर, सहलेश युवा क्लब सिराहा, सातदोबाटो युथ क्लब ललितपुर तथा जर्जियन फुटबल क्लब कालिम्पोङ भारत सहभागी रहने प्रतियोगिता संयोजक शम्भु प्रधानले जानकारी दिए ।

यसअघि पाँच लाख रुपैयाँ रहेको विजेतातर्फको पुरस्कार राशि यसपटक बढाएर ६ लाख रुपैयाँ पुर्‍याइएको छ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । आयोजक संस्थाका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

धनकुटा नगरपालिका मुख्य सहयोगी रहेको प्रतियोगितामा एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक रहेको छ । सहप्रायोजकतर्फ श्रीकृष्ण फर्निचर एन्ड फ्लोरिङ सप्लायर्स, एन पेनाङ फुटबल क्लब मलेसिया, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, सुनौलो जीवन सुधार केन्द्र, सल्भ नेपाल तथा नेपाल टेलिकम लगायतका संस्थाको सहयोग रहेको आयोजकले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।