अपुग कागजातका कारण रोकिएका बीमा दाबी रकम लिन सिद्धार्थ प्रिमियरको आग्रह

काठमाडौं, २१ जेठ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी प्रक्रिया अधुरो रहेका बीमितहरूलाई आवश्यक कागजात पेश गरी आफ्नो दाबी रकम बुझिलिन आग्रह गरेको छ। कम्पनीका अनुसार अपुग कागजातका कारण धेरै बीमा दाबी फाइलहरू अझै फछ्र्योट हुन सकेका छैनन्।

कम्पनीले चैत मसान्तसम्म प्राप्त भएका दाबी निवेदनमध्ये केहीमा आवश्यक प्रमाण तथा कागजात नपुगेकाले भुक्तानी प्रक्रिया रोकिएको जनाएको छ। दाबी निवेदन परे पनि थप विवरण र कागजात उपलब्ध नगराउँदा सम्बन्धित बीमितसँग सम्पर्क हुन नसकेको कम्पनीको भनाइ छ।

यस कारण कम्पनीले सम्बन्धित बीमितलाई आवश्यक कागजातसहित नजिकको प्रदेश, शाखा वा उपशाखा कार्यालय, केन्द्रीय कार्यालय अथवा सम्बन्धित सर्भेयरसँग यथाशीघ्र सम्पर्क गरी दाबी प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।

कम्पनीले सूचना जारी गर्दै ३५ दिनभित्र पनि आवश्यक कागजात पेश नगरेमा सम्बन्धित बीमा दाबीको फाइल बन्द गरिने चेतावनी दिएको छ। त्यसैले दाबी भुक्तानीको प्रतीक्षामा रहेका बीमितलाई समयमै प्रक्रिया पूरा गर्न कम्पनीले आग्रह गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।