कांग्रेसले आह्वान गरेको विपक्षी दलको बैठक सिंहदरबारमा सुरु

काठमाडौं । संसद्‌मा देखिएको राजनीतिक गतिरोध र आगामी रणनीतिका विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलले आह्वान गरेको विपक्षी दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ। मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलका प्रमुख नेताहरूको उपस्थितिमा बैठक सुरु भएको हो।

आजै प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले गरेको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले संसद् बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए। संसद् स्थगित भएलगत्तै नेपाली कांग्रेसले संसद्‌मा प्रतिपक्षी मोर्चालाई कसरी अगाडि बढाउने भन्ने विषयमा साझा धारणा तय गर्न यो आकस्मिक बैठक बोलाएको हो।

बैठकमा विभिन्न विपक्षी दलका शीर्ष नेता तथा सचेतकहरूको सहभागिता रहेको छ। बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक वासना थापा र सचेतक निश्कल राई सहभागी छन्।

त्यसैगरी नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, दलकी उपनेता पद्मा अर्याल र प्रमुख सचेतक ऐन महरको उपस्थिति रहेको छ। बैठकमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट खुश्बु ओलीसहितका नेताहरू सहभागी भएर छलफल गरिरहेका छन्।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖