रास्वपा कोशी प्रदेशको कार्यवाहक सभापति गोमा तामाङले गरिन् राजनीतिबाट अलग हुने घोषणा
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा पराजयको संकेत देखिएपछि कार्यवाहक प्रदेश सभापति गोमा तामाङले राजनीतिबाट अलग हुने घोषणा गरेकी छन्।
मतगणना जारी रहेका बेला सभापति पदका प्रत्याशी चन्द्र राईसँग मतान्तरले पछि परेपछि तामाङले सामाजिक सञ्जालमार्फत आजबाट आफ्नो राजनीतिक यात्रा समाप्त गरेको बताएकी हुन्।
उनले निर्वाचनमा आफूलाई साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण मतदाता तथा शुभेच्छुकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि प्रदेश र समाजको समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन्।


