कृषि यान्त्रिकरणमा जोड दिंदै महालक्ष्मी २ को १० औं वडा सभा सुरु

नारायण कुमार राई/धनकुटा, असार ५ । कृषि क्षेत्रको यान्त्रिकिकरणलाई प्राथमिकिकरण्मा राख्दै महालक्ष्मी नगरपालिका–२ को आर्थिक वर्ष २०८३/०८४ को १०औँ वडा सभा शुरु भएको छ।

वडा सभाले आगामी आर्थिक वर्षका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। वडा अध्यक्ष पदम रखाल मगरका अनुसार कुल बजेटमध्ये कृषि क्षेत्रलाई सबैभन्दा बढी २७ प्रतिशत बजेट छुट्याइएको छ।

त्यसैगरी सामाजिक विकास क्षेत्रमा २५ प्रतिशत, भौतिक पूर्वाधार विकासमा २३.७५ प्रतिशत, संस्थागत विकासमा १५ प्रतिशत तथा विपद् व्यवस्थापन तथा वातावरण संरक्षण क्षेत्रमा ८.७५ प्रतिशत बजेट विनियोजन गरिएको छ।

वडा अध्यक्ष मगरले स्थानीय आवश्यकता, कृषि उत्पादन वृद्धि, पूर्वाधार विकास, सामाजिक सेवा विस्तार तथा विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेर बजेट बाँडफाँट गरिएको जानकारी दिनुभयो।

सभाले चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमहरूको समीक्षा गर्दै आगामी वर्षका विकास प्राथमिकता निर्धारण गर्नेछ। विनियोजित कुल बजेटमध्ये ६० प्रतिशत रकम चालु खर्च र ४० प्रतिशत रकम पुँजीगत खर्चतर्फ छुट्याइएको जनाइएको छ।

नगरपालिकाका नगर प्रमुख ध्रुव रायको प्रमुख आतिथ्यतामा समन्न हुन गईरहेको वडा सभामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी तथाव स्थानीयवासीको सहभागिता रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖