धनकुटाका केही स्थानमा आज विद्युत सेवा अवरुद्ध हुने
धनकुटा, असार ६ । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले हिलेदेखि सिधुवा तर्फ जाने ११ केभी लाइनअन्तर्गत त्रिसुले–मुढे क्षेत्रमा आवश्यक मर्मत तथा सम्भार कार्य गर्नुपर्ने भएकाले आज शनिबार विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।
प्राधिकरणका अनुसार आज बिहान ८ः३० बजेदेखि साँझ ५ः०० बजेसम्म मौसम अनुकूल भएमा मर्मत कार्य सञ्चालन गरिनेछ। यस अवधिमा ओक्मालुङ, सिजालीगाउँ, ओख्रे सान्ने, त्रिसुले, गुराँसे, भिरगाउँ र हात्तिखर्क लगायतका क्षेत्रमा विद्युत सेवा प्रभावित हुनेछ।
मर्मत कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत आपूर्ति पनि सोही अनुसार छिट्टै सुचारु गरिने प्राधिकरणले जनाएको छ।


