धनकुटाको पाख्रिबासमा लागु औषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
धनकुटा । लागु औषध दुरुपयोग तथा ओसार–प्रसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा धनकुटामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
‘लागु औषधको चुनौती चिनौँ : सामाजिक समाधानको बाटो खोजौँ’ भन्ने मूल नाराका साथ पाख्रीबास नगरपालिका–४ सिमसार क्षेत्रमा इलाका प्रहरी कार्यालय पाख्रीबास धनकुटाको आयोजनामा कार्यक्रम गरिएको हो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय छिन्ताङ धनकुटाबाट खटिनु भएका प्रहरी नायव निरीक्षक एकबहादुर बस्नेतले स्थानीय जनप्रतिनिधि, भद्रभलादमी, महिला तथा बालबालिकालाई लक्षित गरी लागु औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण प्रदान गर्नुभएको थियो।
प्रहरीले लागु औषधको जोखिम, यसको असर तथा नियन्त्रणका उपायबारे जानकारी दिँदै सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सम्पन्न गरेको हो।


