धनकुटामा लागुऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
धनकुटा, १० असार । “लागु औषध चुनौती चिनौंः सामाजिक समाधानको बाटो खोजौं” भन्ने नारासहित लागुऔषध नियन्त्रणसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम धनकुटामा सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा र जिल्ला प्रहरी कार्यालय धनकुटाको सहकार्यमा धनकुटा नगरपालिका–५ स्थित जिल्ला प्रशासन कार्यालयको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगर उपप्रमुख भिमादेवी खनाल, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकार, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मी, नगरपालिकाका प्रशासकीय अधिकृत दशरथ राई, प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्री, सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम सिग्देल लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी जिल्ला अस्पताल, प्रधानाध्यापक तथा शिक्षक, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सुनौलो जीवन प्रतिष्ठान, अन्तरपार्टी महिला सञ्जाल लगायत विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।


