झापाको भद्रपुरमा दुई किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा दुई युवा पक्राउ

झापा, असार १२ । झापाको भद्रपुरमा घर पुर्‍याइदिने बहाना बनाएर दुई किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार असार १० गते साँझ भद्रपुर नगरपालिका–५ मा उक्त घटना भएको हो। १४ वर्षीया एक किशोरी र उनकी १७ वर्षीया साथी घर नजिकै रहेको विद्यालय परिसरमा घुमफिर गर्न गएका बेला चिनजानका दुई युवाले उनीहरूलाई घरसम्म पुर्‍याइदिने प्रस्ताव गरेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार भद्रपुर–५ निवासी २१ वर्षीय शिवा सहनी र १८ वर्षीय अभिषेक महतोले किशोरीहरूलाई एकान्त स्थानतर्फ लगेर छुट्टाछुट्टै स्थानमा जबर्जस्ती करणी गरेको आरोप लागेको छ।

जाहेरीअनुसार सहनीले १४ वर्षीया किशोरीलाई स्थानीय एक व्यक्तिको प्रयोगविहीन भुइँघरमा लगेर त्यहाँ रहेको त्रिपालमाथि लडाई जबर्जस्ती करणी गरेका थिए। त्यस्तै, महतोले १७ वर्षीया किशोरीलाई नजिकैको केराघारीमा लगेर जबर्जस्ती करणी गरेको आरोप छ।

घटनापछि पीडितहरूले परिवार र स्थानीयवासीको सहयोगमा प्रहरीमा उजुरी दिएका थिए। उजुरी दर्ता भएपछि प्रहरीले दुवै आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीले पीडितहरूको उमेर कम भएकाले उनीहरूको पहिचान गोप्य राखिएको जनाएको छ। साथै, पीडित र उनीहरूका परिवारलाई कानुनी तथा मनोसामाजिक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै आरोपितविरुद्ध जबर्जस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖