धनकुटामा एमालेको युवा, महिला र विद्यार्थी लक्षित प्रशिक्षण कार्यक्रम असार १५ मा हुने
धनकुटा, असार १२ । नेकपा एमाले धनकुटा जिल्ला समितिले आगामी असार १५ गते युवा, महिला तथा विद्यार्थी लक्षित प्रशिक्षणमूलक कार्यक्रम आयोजना गर्ने भएको छ।
जिल्ला पार्टी कार्यालय धनकुटामा हुने कार्यक्रममा एमालेका केन्द्रीय कमिटी सदस्यहरू सुहाङ नेम्बाङ, रामकुमारी झाँक्री, टुका हमाल र महाराज गुरुङको विशेष उपस्थिति रहने जनाइएको छ।
उक्त कार्यक्रममा जिल्लाका युवा, महिला, विद्यार्थी तथा पार्टीका नेता–कार्यकर्तालाई सहभागी हुन जिल्ला समितिले आह्वान गरेको छ।
एमाले धनकुटा जिल्ला समितिका अनुसार कार्यक्रम असार १५ गते बिहान ११ बजेबाट सुरु हुनेछ। कार्यक्रममा वर्तमान राजनीतिक परिस्थिति, पार्टीको वैचारिक दिशा, जनताको बहुदलीय जनवाद र संगठन सुदृढीकरणका विषयमा प्रशिक्षण प्रदान दिइने छ।
जिल्ला समितिले कार्यक्रमलाई पार्टीको संगठन विस्तार तथा युवा पुस्तालाई पार्टीप्रति आकर्षित गर्ने अभियानको महत्वपूर्ण कडीका रूपमा लिएको जनाएको छ।


