धनकुटाको महालक्ष्मीमा अरुणबाट पानी लिफ्टिङका लागि ११ केभी लाइन सञ्चालन गरिँदै
धनकुटा, असार १४ । महालक्ष्मी नगरपालिका–४ स्थित बृहत खानेपानी योजनाअन्तर्गत अरुण नदीबाट पानी लिफ्टिङ गर्न जडान गरिएको ११ केभी विद्युत लाइन आज बिहान १० बजेदेखि सञ्चालनमा ल्याइने भएको छ।
नेपाल विद्युत प्राधिकरण, धनकुटा वितरण केन्द्रले सूचना जारी गर्दै उक्त क्षेत्रमा रहेका विद्युतका तार, पोल तथा स्टे नछुन सर्वसाधारणलाई अनुरोध गरेको छ।
विद्युत लाइन सञ्चालनमा आएसँगै करेन्ट लाग्ने जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन तथा विद्युत संरचनाबाट सुरक्षित दूरी कायम गर्न प्राधिकरणले आग्रह गरेको छ।


