धनकुटामा बेवारिसे अवस्थामा बालक फेला, आफन्तलाई सम्पर्क गर्न प्रहरीको आग्रह
धनकुटा,१४ असार । धनकुटा नगरपालिका–७ स्थित विचबजार क्षेत्रमा एक बालक फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार (आज) दिउँसो करिब २ बजे विचबजार क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएका अन्दाजी ४/५ वर्षीय बालकलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
बालकले आफ्नो नाम आबन थापा, बुवाको नाम बेङकल थापा र आमाको नाम आयुसी थापा बताएको प्रहरीले जनाएको छ।
उक्त बालकका आफन्त वा अभिभावकलाई आवश्यक जानकारीसहित जिल्ला प्रहरी कार्यालय धनकुटामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।


